Lucky-Khabar_

बाराकी सजना खतिवडा चर्चित सौन्दर्य विशेषज्ञ पुरस्कारबाट सम्मानित

१७असार,बिरगंज। हरेक बर्ष विभिन्न सौन्दर्य कला तथा कलाकारिता क्षेत्रमा प्रतिभाशाली ब्यक्तित्वहरुलाई सम्मान गर्दै आएकाे हिमालयन मुभी प्रोडेकसन हाउसले यश बर्ष नेपाल फैसन एण्ड इन्टरनेशनल अवार्ड २०२४ पिरामिड इजिप्टको काइरो सहरमा सम्पन्न भएको छ ।

content ad p2

विभिन्न क्षेत्रका कलाकार तथ सौन्दर्य प्रतिभासिल ब्यक्तिवहरुको अवार्ड कार्यक्रममा सहभागिता रहेको थियो । उक्त अवार्ड समाहारोमा बाराकी सजना खतिवडा चर्चित सौन्दर्य विशेषज्ञ पुरस्कारबाट सम्मानित भएकी छन् ।

कार्यक्रममा चर्चित गायक धिरज राईले सजनालाई वार्ड प्रदान गरेका थिए । खतिवडाले बिगत लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ नेपाली सौन्दर्य क्षेत्र, कलाकारिता र सामाजिक कार्यका लागि निरन्तर सकृय रहँदै आईरहेकी छिन ।

सजनाले गत बर्ष पनि थाइल्यान्डमा भएको समाहारोमा मस्ट पपुलर म्याक्प आर्टिस्ट अवार्ड प्राप्त गरेकी थिइन ।

सम्बन्धित खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

सिनेमा हलमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न चलचित्र विकास बोर्डको चेतावनी

लक्की खबर