१७ असार,वीरगञ्ज । वीरगञ्जको आदर्शनगर स्थित सिद्धार्थ बैंकमा आगलागी भएको छ । बैंकभित्र ग्याँस लिक भएर आगलागी भएको अनुमान गरिएको छ । बैंकमा भएको आगलागी वीरगन्ज महानगरपालिकाको दुईवटा दमकल र प्रहरीले नियन्त्रणमा लिने प्रयास भईरहेको छ । थप विवरण भने आउन बाँकी रहेको छ ।



