Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पोखरिया नगरपालिका पर्सा भेला समपन्न, सभापतिमा प्रदिप पटेल निर्बिरोध चयन

१५असार, बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम पोखरिया नगरपालिका भेला सम्पन्न भएको छ, जसमा प्रदिप पटेल नगरपालिका सभापतिमा निर्बिरोध चयन गरियो। पोखरिया नगरपालिकामा आयोजित समारोहले सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको हो। पटेलको नेतृत्वमा ११ सदस्यीय पालिका समिति पनि चयन गरिएको छ।

content ad p2

रास्वपा क्षेत्र नम्बर ३ का सभापति शाने अलिको सभापतित्व रहेको आयोजित भेलामा पार्टीका केन्द्रीय सदस्य डा. नन्दन यादव प्रमुख अतिथि रहेका थिए। यादवले आफ्नो सम्बोधनमा रास्वपाप्रतिको बढ्दो जनलहरले विपक्षी दलहरू अत्तालिएको उल्लेख गर्दै रास्वपाले प्रारम्भिक अवस्थामै प्राप्त गरेको जनविश्वास अकल्पनीय रहेको धारणा बताए ।

यादवले रास्वपाले आगामी निर्वाचनपछि एकल सरकार निर्माण हुने दाबी गरे। “सुशासन हाम्रो मूल मन्त्र हो,“ उनले भने, “भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध हामीले आवाज उठाइरहेका छौं।”
सभापति शाने अलिले हामि सबै मलेर अब वडा,गाउ,नगर र पत्येक जिल्ला जिल्लामा पोखरिया न.पा.झैँ पुरै देश भरिनै रास्वपा ल्याए मात्र देशको बिकाश हुन्छ भनि विश्वाशका साथ् आफ्नो मनतब्यमा बताए |
पर्सा संयोजक हरि पन्तले पनि पार्टीप्रतिको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्साका १४ वटै स्थानीय तहमा संगठन विस्तारलाई तिव्रता दिने जानकारी दिए। पन्तले पार्टीसँग आबद्ध व्यक्तिहरूलाई सचेत भएर काम गर्न सुझाव दिँदै भने, “हामीले सुशासनको कुरा उठाइरहँदा हाम्रो काममा पनि प्रश्न उठ्न दिनुहुँदैन। त्यसैले तपाईहरू पनि पार्टीसँग जोडिएको हुँदा सचेत भएर काम गर्नुहोस्।”
उक्त कार्यक्रममा प्रदेश संगठन उप-प्रमुख प्रमोद रायमाझी,रास्वपा प्रदेश यातायात बिभाग प्रमुख राम आर्य,उप संयोजक तुलसा पौडेल, शिक्षा प्रमुख सबु कटेल, मदेश प्रदेश विधेक मन्थन बिभाग प्रमुख कमलेश्वर यादव,प्रदेश स्वास्थ्य उप-प्रमुख नविन शरण सोनार शिक्षा उप-प्रमुख सोनालाल पटेल,सदस्य सुदिश प्रजापती,रास्वपा क्षेत्र नम्बर ३ का सभापति फैयाज अन्सारी,रास्वपा क्षेत्र नम्बर १ का उपसभापति मिम्ताज अख्तर र रास्वपा क्षेत्र नम्बर ४ का सभापति जितेन्द्र मिश्रा लगायतको उपस्थिति थियो।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर