Lucky-Khabar_

सिमलतालमा त्रिशूली नदीमा पहिरोमा परेको : हालसम्म ६ जनाको शब फेला

३०असार,वीरगञ्ज । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बसबाट अहिलेसम्म ६ जनाको शब फेला परेको छ । अन्य यात्रुहरूको अवस्था भने अज्ञात नै छ ।

content ad p2

शव भेटिएकामध्ये तीन जनाको सनाखत भएको छ भने अन्य तीन जनाको सनाखत हुन बाँकी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत भएकामध्ये एकजना भारतीय र दुई जना नेपाली नागरिक रहेको पुष्टि भएको छ ।सुरुमा शनिवार नारायणी नदीको गोलाघाटमा एकजना भारतीय यात्रुको शव फेला परेको थियो । उक्त स्थान दुर्घटनास्थलबाट झन्डै ५० किलोमिटर तल अवस्थित छ ।

गोलाघाटमा राप्ती र नारायणी नदी मिसिने ठाउँ नजिकै ती शव फेला परेको र परिवारजनले शवको सनाखत गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

त्यसबाहेक सर्लाही बरहथवाका अर्का यात्रुको शव नवलपरासी पूर्वको गैँडाकोट–७ मा पर्ने नदी छेउमा फेला परेको यादवले जानकारी दिएका छन् । सोही स्थानमा फेला परेको अर्को एउटा शव चितवनको माडी नगरपालिकाका एकजना युवकको रहेको पुष्टि भएको छ ।हालसम्म अन्य थप तीन वटा शव पनि भेटिएको तर ती शवहरूको पहिचान खुल्न बाँकी रहेको अधिकारीहरूले जनाएका छन् ।
त्रिशूली नदीको बाढीले बगाएर तल्लो तटीय क्षेत्रतर्फ लगेको हुन सक्ने भएकाले अधिकारीहरूले आइतवारदेखि त्यस क्षेत्रमा पनि खोजी कार्य तीव्र पारेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी यादवले खोजी कार्यमा ड्रोनको पनि प्रयोग गरिएको जानकारी दिएका छन् ।

सम्बन्धित खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर

रौतहटमा १८ वर्षीया युवती मृत फेला, दाइजोको दबाब र हत्या आरोपबारे प्रहरीले अनुसन्धान गर्दै

लक्की खबर