Lucky-Khabar_

ऐतिहासिक धार्मिक पर्साको पर्यटन स्थल दुधेश्वर महादेव मन्दिरमा साउन मेलाको शुभारम्भ

७साउन,वीरगञ्ज। पर्साको ऐतिहासिक मुख्य धार्मिक पर्यटन स्थल दुधेश्वर महादेव मन्दिर रामभौडी भाडा धाममा साउन महिना भरी चल्ने मेला आजबाट सुरु भएको छ। हरेक चार वर्षमा आयोजना हुने यो मेला विशेष रुपमा श्रावण महिना, माघको बसन्त पञ्चमी, फागुनको महाशिवरात्रि, र बैशाखको त्रयोदशीमा मनाइन्छ।

content ad p2

दुधेश्वर महादेव मन्दिर समिति अध्यक्ष ज्ञनालाल पटेलका अनुसार, मेलामा धार्मिक जन विश्वास बोकेर आफ्ना भाकल पुरा गर्न भक्तजनहरु आउने गर्दछन्। विशेष गरी बारा, पर्सा, रौतहट, चितवन, तथा भारतका विभिन्न स्थानबाट महादेव प्रति आस्था राख्ने भक्तजनहरु मन्दिरमा भेला हुने गरेका छन्।

मेला समिति सदस्य मनोज यादवका अनुसार, मेलाको प्रमुख आकर्षणमा चारकोसे झाडी, जनावरहरुको अवलोकन, देउकी दहबाट जल भर्न पाउने, र जंगलमा हात्ती सफारी लगायतका मनोरम दृश्यहरु रहेका छन्। मेलामा आउने भक्तजनहरुले यी सबै आकर्षणहरु अवलोकन गर्न सक्नेछन्।

यो मेला धार्मिक आस्थाको प्रतीक मात्र नभई पर्यटन प्रवर्द्धनका लागि पनि महत्वपूर्ण मानिएको छ। मेलाले स्थानिय अर्थतन्त्रलाई सुदृढ गर्ने विश्वास गरिएको छ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर