१३ साउन,वीरगञ्ज ।सवारी दुर्घटनामा परेर आ.ब.२०८०/८१ पर्सामा ७ महिला सहित ५१ जना को ज्यान गएको छ । गत आ.व.मा ४३ पुरुष, सात महिला र एक जना बालिकाको ज्यान गयो ।

अघिल्लो आवको तुलनामा पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या आ.व. २०८०/८१ मा एक तिहाइले बढेको छ भनि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले यस लक्की खबरलाई बताए।

आव २०७९/८० मा भने २९ पुरुष,५ महिला र ५ बालकको गरी ३९ जनाको ज्यान गएको थियो । प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको छ भनि जानकारी दिए । आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका जिल्ला ट्राफिक पर्सालेजनाए ।
सवारी दुर्घटना कम गर्न सरोकारवाला तथा सवारी चालकले पनि विषेस ध्यान दिएर सवारी चलाउन जरुरि छ भनि जिल्ला ट्राफिक पर्साका बरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले बताए |


