Lucky-Khabar_

नक्कली नेपाली नोटसहित भारतीय नागरिक अजाद वीरगञ्जमा पक्राउ

१६ साउन|वीरगञ्ज – सोमबार दिउँसो प्रहरीले भारतीय नागरिकलाई नक्कली नोटसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार प्रान्त, बेतिया ग्राम, बैरिया वडा नम्बर ३ का २२ वर्षीय अजाद आलम रहेका छन्।

content ad p2

आलमलाई वीरगञ्जको बसपार्क क्षेत्रबाट खटिएको प्रहरी टोलीले नक्कली नेपाली एक हजार दरका दुईवटा नोटसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुंगेलले पक्राउ परेका आलममाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

नक्कली नोटसहित आलमलाई पक्राउ गरेपछि अनुसन्धानलाई प्रहरीले थप तीव्रता दिएको छ। यस घटनाले नक्कली नोटको कारोबारलाई निरुत्साहित गर्न प्रहरीले कडा कदम चालिरहेको छ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर