Lucky-Khabar_

बंगलादेशमा हिन्दूले तलवार वा इस्लाम रोजने : मौलाना अल-इस्कन्दर

२६ साउन,काठमान्डौ|बंगलादेशका सञ्चारमाध्यममा देशभरबाट हिन्दू समुदायका घर र मन्दिरमा आक्रमणका खबर आइरहेका छन्। यी घटनापछि विश्वभरका धेरै कट्टरपन्थी मुस्लिमले खुसी व्यक्त गरेका छन्। कतिपयले बंगलादेशमा हिन्दूहरूको नरसंहार हुनुपर्ने भन्दै बताउन थालेका छन्।

बंगलादेशबाट हिन्दूहरूलाई सिध्याउन आफूलाई इस्लामिक विद्वान् बताउने अबु नजम फर्नान्डो बिन अल-इस्कन्दरले आग्रह गरेका छन्। इस्लामिक न्यायशास्त्रलाई उद्धृत गर्दै उनले ट्वीटमा भनेका छन्- हिन्दूहरूसँग दुईवटा मात्र विकल्प छन्, जसमध्ये पहिलो मृत्युलाई अँगाल्ने हो।

content ad p2

पीएचडी विद्यार्थी बताउने अल-इस्कन्दरले ट्वीटमा भनेका छन्, ‘अहल-ए-सुन्ना इस्लामिक न्यायशास्त्रका चारमध्ये तीन स्कुलले हिन्दूसँग दुईवटा मात्र विकल्प छन्‚ पहिलो तरवार रोज्ने वा दोस्रो इस्लाम स्वीकार गर्ने।’

कट्टरपन्थी मौलानाले लेखेका छन्, ‘हिन्दूहरूले अहिले त हनफीको सामना गरिरहेका छन्। मलिकी, शफी वा हनबलीसँग त भएकै छैन।’ यी सबै सुन्नी मुस्लिमहरूबीच मुस्लिम कानूनका चार प्रमुख विचारधारा हुन्।

उनले साउदी अरब र कतारको प्रमुख सुन्नी विचारधारा हनबलीको इस्लामिक कानूनलाई उद्धृत गरे। उनले हिन्दूहरूले मुस्लिमहरूबाट आफूलाई छुट्याउन टाउकोको अगाडिको कपाल खौरनुपर्ने आदेश दिएका छन्। उनले गैरमुस्लिमहरू मुस्लिमहरू भन्दा तुच्छ हुने भएकाले उनीहरूलाई अनादर गर्नुपर्छ भनेर देखाउने प्रयास गरेका छन्।

मुस्लिम देशमा बसेर मुस्लिमभन्दा तल्लो तहमा बस्न स्वीकार गर्ने हिन्दूहरूसँग आफूलाई कुनै समस्या नभएको आफूलाई उदारवादीको रूपमा चित्रण गर्ने प्रयास गर्दै उनले बताए। आफ्नो धर्मको शिर्क (मूर्तिपूजा‚ बहुईश्वरवाद) त्याग र इस्लामिक नियमअनुसार जीवन बिताउनुपर्ने उनले आदेशगरेका छन्।

बंगलादेशमा अल्पसंख्यकमाथि भएका आक्रमणलाई हिन्दूहरूको प्रपगण्डा भएको बताउँदै बंगलादेश हिन्दू प्रभाव र हस्तक्षेपबाट मुक्त हुने आशा व्यक्त गरे उनले ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर