Lucky-Khabar_

गृहमन्त्री लेखकलाई गगनले रवि लामिछानेविरुद्धको प्रमाणको प्रश्न

२९ साउन,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीबाट बनेका गृहमन्त्री रमेश लेखकमाथि लामिछानेका विषयमा प्रश्न उठाएका छन् ।
थापाले मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लेखकले रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो भनेकोमा गृहमन्त्री भएपछि प्रमाण के भयो भन्दै प्रश्न उठाएका हुन् ।

content ad p2

“माननीय रमेश लेखक मेरो पछाडि हुनुहुन्थ्यो । चैत १२ गते उहाँले रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा लिनुभएको छ । त्यसका विरुद्धमा पूरक उजुरी परेको छ । यो प्रमाण हो भन्नुभएको थियो,” थापाले भने, “उहाँ अहिले उता हुनुहुन्छ । यता हुँदा प्रमाण हुने उता पुगेपछि प्रमाण नहुने भन्ने हुँदैन ।” उनले आफूहरू जस्ता सांसद पनि रहेको भन्दै जता रहे पनि उही कुरा हुने थापाले बताए ।

सम्बन्धित खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर