७भदौ,बारा। विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीमा बाराको महागढ़ीमाई नगरपालिका जुटेको छ । नगर प्रमुख उपेन्द्र यादवले मेलालाई ऐतिहासिक र अविस्मरणीय बनाउने लक्ष्य सहित तयारीमा जुटेको जनाए ।

दक्ष प्राविधिक टोली खटाई पार्किङ्ग व्यवस्थापनको कामलाई अगाडी बढाईएको छ । मेला हेर्न आउने श्रद्धालु भक्तजनका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणमा ठूला गाडी, हलुका सवारी साधन र दुईपांग्रे मोटरसाईकल र साईकलको पार्किङ्ग राख्ने स्थानहरुको व्यावस्थापनका लागि अनुगमन र निरीक्षण गरि स्थान छनौट गरिसकिएको छ भनि नगर प्रमुख यादव जनाए।

नगर प्रमुख यादवले भक्तजन र प्रचार प्रसार समिति, विभिन्न शक्तिपीठका गुरुहरु तथा राष्ट्र प्रमुख राष्ट्रपति सहित विभिन्न मन्त्री र उद्योगपतिहरूलाई शोभायात्रा र मेला उद्धघाटनमा सहभागी गराउनका निमित्त निमन्त्रणाका लागि काम सुरु भैसकेको जनाए ।

खानेपानी व्यवस्थापनका लागि सार्वजनिक धाराहरू जडान तथा भारत र नेपाबाट आउने प्रत्येक बाटोहरु कालोपत्रे भएको नभएको बाँकी रहेको सडकहरुको काम चाडै नै पुरा गरिने नगर प्रमुख यादवको भनाई रहेको छ ।
सधैझैँ यसवर्ष पनि दशैंको घटस्थापनाको दिन अर्थात् आश्विन १७ गते राष्ट्र प्रमुख राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भव्य शोभायात्राको समुद्घाटन गराई बिश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को शुभारम्भ गरिनेकार्यकम रहेको नगर प्रमुख यादवले जनाए र मेलाको तयारीका आवश्यक ८० प्रतिशत कार्य भईसकेको छ भनि बताए।


