६ भदौ,कलैया । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेस सरकार मधेसी जनतालाई लुटनकै लागि बनेको बताएका छन् ।आज मधेस मधेसवादी दलको भ्रष्ट चरित्रले बदनाम भएको पनि बताए ।

बाराको खुटुवा प्र्रसौनीमा आजपाद्धारा आज आयोजित भेलालाई सम्बोधन गर्दै साहले मधेसी जनतालाई लुटन, ठग्नका लागि मधेस सरकार र मधसवादी दलका नेताहरुको पेशा नै बनिसकेको ठोकुवा गरेका छन् ।
‘छोरीलाई वितरण गरिने साईकल चोरेका,दलितहरुको घर निर्माणमा भ्रष्टाचार गरेको, राहतको पैसा समेत लुटेका,बजेटको किनबेच एवं कृषकको अनुदानमा कमिशन यि भ्रष्ट र चोर नेताहरुको पेशा भएकोछ ।’ अध्यक्ष साहले भने, ‘भ्रष्टाचार र लुटमा पिएडी गरेका यि भ्रष्ट र चोर नेताहरुले मधेशको व्यापार गरेर मधेसलाई नै बदनाम गरिसकेका छन् ।’

साहले किसानको अनुदान तथा पीडितको राहतमा समेत भ्रष्टाचार गरेका लुटेराहरुले मधेसलाई समृद्ध बनाउँने काम गर्नै नसक्ने बताए । ‘मानव विकास सूचांकमा तल रहेको मधेस जस्तो सानो र गरिब प्रदेशमा उच्चतहको तलब सेवा सुविधा सहितको जम्बो मन्त्रीमण्डल किन चाहियो ? मधेसलाई समृद्ध बनाउँने, मधेसी युवालाई रोजगार दिने कुनै काम यिनीहरुले नगरी केवल लुटने हो र लुट मचाउँनकै लागि लागेका छन्’ ।

मधेसलाई समृद्ध बनाउँने हरेक किसिमको सम्भावना यहाँ रहेको उनले बताए तर त्यसलाई सदुपयोग गर्नुको साटो लुटको व्यापारमा मधेसवादी दलका नेताहरु लागेको आरोप उनले लगाए । ‘मधेस प्रदेशलाई देशको मोडेल प्रदेश बन्ने सम्पूर्ण सम्भावना हुदाहुदै भ्रष्ट नेताहरुका कारण नेताहरु नै बदनाम भएका छन्’ भने ।
साहले भ्रष्ट नेताहरुको अन्त्य र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको बिकल्प नभएको बताउँदै उनले दलाल दलतन्त्र विरुद्धको जनआन्दोलनको तयारीमा जुटन आह्वान गरे । लुटेरा र भ्रष्ट नेताहरुको अन्त्य हुनै पर्ने बताउँदै उनले देश लुटने नेताहरुलाई राज्यले कारवाही गर्न नसकेकाले अब जनताले नै जनकारवाही गनुपर्ने बताए ।

साहले‘भ्रष्ट नेताहरु मालामाल भएका छन्, आम जनता लाचार छन् । काण्डैकाण्डले देश बदनाम छ । युवाहरु विदेशमा मर्नुपर्ने स्थितिको अन्त्यका लागि तेस्रो जनआन्दोलनको बिकल्प छैन्’ भने, ‘भ्रष्टाचारीहरु अहिले सम्मानित भईरहेका छन तर स्वभिमानी युवाहरु अपमानित हुनुपर्ने, विदेशमा मर्नुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ । राज्यले नै भ्रष्टाचारीलाई जोगाउँने सम्मान गर्ने कामले देश कंगाल बन्दै गईरहेको छ । आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि युवाहरु उठनैपर्छ ।’
आजपाको स्थानीय नेता गणेश रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका उपाध्यक्ष अशोक लामा,केन्दीय सचिव बाबुराम कौशिक,महासचिब त्रिभुवन साह, सचिव उमेश कुशवाहा लगायतको सहभागिता रहेको थियो ।


