Lucky-Khabar_

वीरगञ्जका २ जनामा मलेरिया (औलो) पुष्टी

११ भदौ, वीरगञ्ज । वीरगञ्जमा २ जना मलेरिया (औलो)रोगका विरामी पुष्टी भएका छन् । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागी पुगेका दुई जना विरामीलाई मलेरिया पुष्टी भएको हो ।

content ad p2

१७ निवासी एक जनालामो समयदेखि ज्वरोले ग्रसित रहेका वीरगञ्ज उपचारको लागी सोमबार उक्त अस्पतालमा लगिएको थियो । मलेरियाको आशंकामा चिकित्सकले परिक्षण गर्दा मलेरिया रोग नै पुष्टी भएको बताइएको छ ।
त्यसतै उपचार गराउन विरामीसँगै गएका अर्का व्यक्तिको पनि परिक्षण गर्दा उनलाई समेत मलेरिया पुष्टी भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । थप पुष्टीका लागी जिल्ला स्वास्थ्य कार्यालय पर्साको टोली अस्पतालमा पुगेको थियो ।

स्वास्थ्य कार्यालयका ल्याब अधिकृत विजय साह र वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखाका सुमनचन्द्र ठाकुरले अस्पतालमा पुगेर उनीहरुलाई मलेरिया नै भएको थप पुष्टी गरेका हुन् । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार यो आयातित् मलेरिया हो ।

“विरामी कामका शिलशिलामा भारतको जोद्धपुरमा बस्दथे । उनी ज्वरोले ग्रसित भएर घर फर्केका थिए । लामो समय देखि समान्य ज्वरोको औषधी खाएर बस्दथे । तर १० देखि १५ दिनको अन्तरालमा ज्वरो आईहाल्ने गरथ्यो ।”

ज्वरो निको नभएर शरिर कमजोर हुन थालेपछि उनी अस्पताल पुगेका हुन् । त्यसकारण यो आयातित् मलेरिया रहेको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए । उनीहरुलाई भर्ना गरेर मलेरियाको औषधी दिन थालिएको ठाकुरले बताए छ ।

मलेरिया (औलो) रोग के हो?
सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टे टोकाइबाट सर्दछ ।

प्लामोडियम भाइवेक्स, प्लामोडियम मलेरी, प्लाज्मोडिम ओभेल र प्लाज्मोडिम फास्सिपारम गरी चार जातका परिजीविबाट यो रोग लाग्ने गर्दछ ।

प्लाज्मेडियम फाल्सीफारम जातको औँलोले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान जाने जोखिम रहन्छ । एनोफिलिज जातको पोथी लामखुट्टेको स्वस्थ्य मान्छेलाई टोक्दा मलेरियाको परजीवि सर्दछ ।

मानिसको शरीरमा प्रवेशपछि कलोजो र राता रक्तकोषमा विकास भई रगतको माध्यमबाट शरीरको विभिन्न भागमा फैलिन्छ र मानिसमा विभिन्न लक्षण देखा पर्दछ । समयमै मलेरियाको उपचार भएन भने छोटो समयमै पनि ज्यान जाने जोखिम हुन्छ ।

मलेरिया (औलो)को लक्षण के के हुन् 

संक्रमित लामखुट्टेले टोकेको १० देखि १५ दिन सम्म ज्वरो आउने
टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्ने
शरीरमा रगतको मात्रा कम हुने
शरीरका भित्री अंग सुनिने
थकित महसुस हुने
मलेरियाको निदान तथा उपचार
मलेरियाको शंका लागेमा रगत परीक्षण गरी मलेरिया भए नभएको पत्ता लगाउन सकिन्छ । नेपाल सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क हुन्छ ।

औलोको जोखिमयुक्त क्षेत्र पहिचान गरी वर्षको २ पटक घरभित्र विषादी छर्किनु पर्छ, जसले लामखुट्टे नियत्रणमा सहयोग गर्छ । घर, गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने स्थानहरुलाई नष्ट गर्नुपर्छ । सुत्नेबेला झुलको प्रयोग अनिवार्य रुपमा गर्नुपर्छ ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजको ओपीडी सेवा भोलिदेखि नियमित सञ्चालन हुने

लक्की खबर

४७ ब्रान्डका जीवनरक्षक औषधिको उत्पादन र आयातमा प्रतिबन्ध

लक्की खबर

नेपाल नर्सिङ परिषद्को सदस्यमा श्रुति साहसहित चार जना नियुक्त

लक्की खबर