Lucky-Khabar_

बस र ट्रक सिमलतालमा ठोक्किदा बाराका दुई जना सहित तीन जना घाइते

१६ भदौ, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बस र ट्रक एकआपसमा ठोक्किदा बाराका दुई जना सहित तीन जना घाइते भएका छन् ।बिहान ६ः३५ बजेको समयमा भरतपुर महानगरपालिका २९ सिमलतालमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रकलाई नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एआर ०१ टि ६३७२ नम्बरको भारतीय बसले ठक्कर दिएको हो ।

दुर्घटनामा ट्रकमा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा बसका यात्रु सकुशल छन । घाइते हुनेमा ट्रकका चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ बस्ने २८ वर्षिय राजन क्षेत्री, ट्रकमा सवार बाराका मन्ज रावल र सोही ठाउँका आशिष चौरासिया रहेका छन ।

content ad p2

दुवै सवारीसाधनमा क्षति पुगेको छ । बसका चालक फरार रहेको र सहचालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी गराएको छ । सडकखण्डमा अहिले यातायात नियमित रुपमा सञ्चालनमा भइरहेको छ ।

चितवनको भरतपुर महानगरपालिका २९ जुगेडीमा आज बिहान तीन सवारीसाधन एकै ठाउँमा ठोक्किएका छन । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा ११ च ८२६२ नम्वरको टाटा सफारी गाडीले रोकिराखेको बागमती प्रदेश ०३–००१ च १७७० नम्वरको बोलेरो जिप र ग २ च ४४३६ नम्बरको हाइलेक्स जीपलाई ठक्कर दिएको हो । ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

#

सम्बन्धित खबर

अमेरिकाको मियामी विमानस्थलमा अमेजनका लागि उडेको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

लक्की खबर

ईभीको ठक्करबाट केडिया आँखा अस्पताल अगाडि ७ वर्षीय बालकको मृत्यु

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर