Lucky-Khabar_

गृहमन्त्रीले प्रहरीलाई सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन गरे

६ असोज, काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरीलाई सहकारीको रकम अपचलनबारे सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन गरेका छन् ।

मन्त्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

content ad p2

मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो ।

गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप गृहमन्त्री लेखकले कार्यान्वयनका लागि निर्देशन दिएका हुन् ।

यसअघि सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालि मार्फत भएको सहकारी रकम अपचलनमा रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने ५ आधार प्रस्तुत गरेको थियो ।

सम्बन्धित खबर

जसपा नेपालको भावी नेतृत्वबारे चर्चामा अमरेन्द्र यादवको पनि नाम जोडियो

लक्की खबर

कमन जेनजी नेपालको केन्द्रीय समिति विकेश साहको अध्यक्षमा पुनर्गठन

लक्की खबर

रवि लामिछानेको पहलमा खुल्यो संसद, हर्क साम्पाङको असहमति कायम

लक्की खबर