Lucky-Khabar_

संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था स्थापनापछि स्वास्थ्य र शिक्षामा सुधार : कांग्रेस सभापति देउवा

८ असोज,बिरगंज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था स्थापनापछि देशमा स्वास्थ्य तथा शिक्षामा क्रमिक रुपले सुधारआएको बताएका छन् ।

content ad p2

सभापति देउवाले पर्साको पटेर्वासुगौली गाँउपालिकामा नव निर्मित १० शैय्याको आधारभूत अस्पतालको मंगलबार उदघाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। संघीयता पछि हरेक पालिकामा स्वास्थ्य सेवा प्रदानका लागि आधारभूत अस्पताल निर्माण हुने र आम नागगरिकहरु स्थानीय स्तरमा गुणस्तर सेवा पाउने बताए।


त्यस्तै स्वदेशी बिद्यार्थीले स्वदेशमै गुणस्तर शिक्षा प्राप्त गर्न सकेका छन र यो सबै संघीयता स्थापनाको उपलब्धि रहेका देउवाको भनाई छ । देशका सातै प्रदेशमध्ये मदेश प्रदेश हरेक क्षेत्रमा पछाडी परेको र यसको समृद्धिका लागि यहाका जनप्रतिनिधिहरु तथा यहाँका आम नागरिकहरु सचेत भइ नेपाली कांग्रेसलाई समर्थन गर्न आवश्यक रहेको अन्य वक्ताहरुले बताए।

मधेशमा खेतीयोग्य जमिन प्रशस्त भएकाले कृषिमा उत्पन्न समस्यालाई न्यूनीकरण गरी खाद्यान्न भण्डार बनाउन आवश्क रहेको वक्ताहरुले बताए। कार्यक्रममा नेपाली काग्रेसका संघीय सांसद तथा पूर्व मन्त्री रमेश रिजाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, राष्ट्रियसभा सदस्य आनन्द प्रसाद ढुगांना, संबिधानसभा सदस्य नगिना यादव, अनिल रुगंटा, सहमहामन्त्री तथा पूर्व मन्त्री उमाकान्त चौधरी, केशरजंग रायमाझी, मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादव, मधेश सरकारका कृषि तथा पशुपंक्षी मन्त्री जनार्धन सिंह क्षेत्री, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीले मन्तव्य राखेका थिए।

गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष ममता महतोले स्वागत मन्तव्य राखेकी थिईन् । पटेर्वासुगौली गाँउपालिका वडा नं ४ मा निर्माण सम्पन्न भई उदघाटन गरिएको अस्पतालको भवन मिलिनियम सागर जे भी कम्पनीले ठेक्का सकार गरेको थियो ।

७ करोड १० लाख रुपैयामा ठेक्का सकार गरी २०७९ जेठ १५ गते सम्झौता गरेर २ बर्ष समयावधिमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो। अस्पताल भवनमा बिरामीको चेकजाँच, बिरामी र कुरुवाको बस्ने स्थान, प्याथोजोजी, एक्सरे, भिडियो एक्सरे, इसीजी, औषधी बितरण शाखा तथा सवारी साधनको पार्किंग लगायतको सुबिधा रहेको छ । आधारभूत अस्पताल संघीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत लगानीमा निर्माण भएको छ ।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर