Lucky-Khabar_

जिल्ला प्रहरी कार्यालय रौतहट मूल्याङ्कन कार्यसम्पादनमा सर्वोत्कृष्ट

१० असोज,रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट मूल्याङ्कन कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहरिएको छ ।

content ad p2

मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यले फरार अपराधी पक्राउ, प्रहरी आचरण तथा अभिलेख व्यवस्थापन, हिरासत कक्षको निरीक्षण, सवारी दुर्घटना न्यूनीकरणमा र भौतिक पूर्वाधारसँगै विविध पक्षलाई मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटलाई सर्वोत्कृष्ट घोषणा गरेका हुन् ।


भौतिक पूर्वाधारलगायत विभिन्न पक्षको विश्लेषणको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटलाई सर्वोत्कृष्ट घोषणा गर्नुको साथै प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई नगदसहित पुरस्कृत गरिएको छ ।

त्यस्तै एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरी टोलीले हत्या गरी फरार भएका व्यक्तिलाई तत्काल पक्राउ गर्न सफल भएको, ईशनाथ नगरपालिकामा हिन्दु मुस्लिम बिच हुने सक्ने सम्भावित दङ्गालाई रोक्ने काममा खेलेको भूमिका, महावीर झन्डा मेलामा विवादरहित सम्पन्न गर्न उल्लेखनीय भूमिका खेलेको र तस्करी नियन्त्रण गरी जिल्लाको शान्ति सुरक्षा कायम गरेकोले पुरस्कृत गरिएको जानकारी भएको छ ।

सम्बन्धित खबर

मार्सीभात खुवाएर पनी ऋण मिनाहा भएन: दुर्गा प्रसाईं

लक्की खबर

बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा उम्मेदवार बन्न नपाउने

लक्की खबर

भारतीय गाडी नियन्त्रण प्रकरणमा कञ्चनपुर भन्सारका अधिकृत भट्ट विभागमा तानिए

लक्की खबर