Lucky-Khabar_

पर्यटन दिवसमा धार्मिक पर्यटकहरुलाई वीरगन्ज नाकामा स्वागत गरियाे

११ आश्विन शुक्रबार,बिरगंज|पर्यटन दिवसमा धार्मिक पर्यटकहरुलाई वीरगन्ज नाकामा स्वागत तथा सम्मान गरिएको छ।वीरगन्जका हाेटल तथा पर्यटन व्यवसायीहरुले नेपालकाे जनकपुरकाे जानकी मन्दिर र काठमाडौंकाे पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका भारतीय पर्यटकहरुलाई नाकामै पुगेर फुलमाला लगाएर स्वागत गरेका हुन्।

content ad p2

सो अवसरमा उनिहरुलाई शुभसाइतका रुपमा दही र जुस खुवाएर काठमाडौं र जनकपुरका लागि विदाईपनि गरिएको हाेटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले बताए।साथै उनिहरुलाई काठमाडौं र जनकपुरसम्म पुग्नका लागि सवारि भाडाकाे व्यवस्थापनपनि वीरगन्जका हाेटल तथा पर्यटन व्यवसायीहरुले गरेकाे अध्यक्ष पन्तले जनाए = ।

धार्मिक पर्यटनलाई बढाबा दिएर पर्यटन दिवस मनाइएकाे भन्दै अध्यक्ष पन्तले अब राज्यको महत्त्वमा धार्मिक पर्यटनपनि पर्नुपर्ने बताए ।


पशुपतिनाथ,जनकपुर,गढिमाई,मुक्तीनाथ जस्ता पबित्र धार्मिक स्थलहरु नेपालमा प्रशस्त रहेपनि राज्यले त्यस्ता धार्मिक पर्यटकीय स्थलहरुको प्रबर्द्धन र प्रचार प्रसारमा ध्यान दिन नसकेकाे गुनासाे पन्तकाे छ।सम्भावना धेरै भएपनि राज्यकाे उदासीनताका कारण नेपालको धार्मिक पर्यटन ओझेलमा परेको उनले बताए ।

त्यसकारण धार्मिक पर्यटन प्रबर्द्धन र प्रचारप्रसारमा सरकारकाे ध्यान तान्नकै लागिपनि पर्यटन दिवसको अवसर पारेर वीरगन्ज नाकामा आँफुहरुले भारतबाट आएका धार्मिक पर्यटकहरुलाई स्वागत तथा सम्मान गरेकाे अध्यक्ष पन्तले बताए ।

अध्यक्ष पन्तकै अध्यक्षतामा भएकाे स्वागत तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान,पर्सा शाखाका उपाध्यक्ष युवराज खडका,युवा अभियन्ता दिलिपराज कार्की,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भन्सारका डिएसपी सुरज रिजाल,होटल तथा पर्यटन व्यवसायी संघका बरिस्ठ उपाध्यक्ष रचेन्द्र थापा , महासचिव माधव बस्नेत,सचिव सन्दीप बस्नेत,संघका सदस्यहरु हिरा श्रेष्ठ,कुबेर कार्की,पर्यटन प्रहरी लगायतकाेपनि सहभागीता थियो।

सम्बन्धित खबर

पर्सा–बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

लक्की खबर

नागरिकसँग मागे माफी, कमजोरी सुधार्दै जनताको हितमा समर्पित हुने प्रतिबद्धता:गाउँपालिकाका अध्यक्ष यशवन्त  यादव

लक्की खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर