Lucky-Khabar_

विश्वप्रसिद्ध गढीमाई मेलाको भोलि शोभायात्रा निकालिदै

१६ असोज,वीरगञ्ज । मंसिरमा लाग्ने विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाका लागि शोभा यात्रा भोली (बिहीबार) निकालिने तयारी गरिएको छ । मेला आयोजना मूल व्यवस्थापन समितिले घटस्थापना दिन शोभायात्रा निकाल्न लागेको हो ।

शोभायात्राको तयारीका लागि महागढीमाई नगरपालिकाले नगर क्षेत्र भित्र बुधवार सार्वजनिक बिदा समेत दिएको छ । मेला व्यवस्थापन समितिका अनुसार बिहान ९ बजे गढीमाई मन्दिर परिसरबाट शोभा यात्रा सुरु हुनेछ ।

content ad p2


गढीमाई मन्दिरदेखि सुरु भएको शोभा यात्रा बरियारपुर, ईनर्वा, तेलकुवा, बसतपुर हुँदै नेपाल–भारत सीमा नजिक रहेको मटिअर्वा शितलपुर विशमरपुर, कलैया भरत चोक, गंजभवानीपुर–दहियार हुँदै गढीमाई मन्दिरमा पुगेर सम्पन्न हुने समितिका संयोजक एवम् महागढीमाई नगरपालिकाका नगर प्र्रमुख उपेन्द्रप्रसाद यादवले जनाएको छ ।

प्रत्येक ५ वर्षमा एक पटक लाग्ने पञ्चवर्षीय गढीमाई मेलामा देश विदेशबाट लाखौको संख्यामा भक्तजनहरु आउने गरेका छन् । अघिल्ला मेलामा भन्दा यस वर्षको मेला एतिहासिक,सभ्य र भव्य बनाउने गरी समितिले तयारी गरिरहेको यादवले जनाएको छ ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर