Lucky-Khabar_

यमुनामाई गाउँपालिका रौतहटकमा तालाबन्दी

२० असोज,गौर । नेपाली कांग्रेस यमुनामाई गाउँ कार्य समितिले वडा कार्यालय साबिक गाविस भवनमा सार्नुपर्ने माग गर्दै यमुनामाई गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

यमुनामाई गाउँपालिका ४ रौतहटको सरुअठाका अध्यक्ष अश्वनीकुमार यादव (चेतन यादव)ले आफ्नै घरगोठबाट विगत ७ वर्षदेखि वडा कार्यालय सञ्चालन गरिरहदाँ सेवाग्राही जनताहरू भोग्दै आएको समस्यालाई वडा कार्यालय पायक स्थानमा सार्नु पर्ने माग गर्दै यमुनामाई गाउँपालिकाको कार्यालयमा आइतबार तालाबन्दी गरेका हुन् ।

content ad p2

वडाध्यक्ष यादवले आफ्नो दोस्रो कार्यकालको लागि निर्वाचित भएको तत्पश्चात् प्रमुख जिल्ला अधिकारीलाई गुहारे तैपनि न्याय पाइएनन् बाध्य भएर रिले अनसन गरेको ११ औँ दिनमा आज आइतबार गाउँपालिकाको कार्यालयमा तालाबन्दी लगाउनु परेको गाउँपालिका कमिटी अध्यक्ष सिताराम यादवले बताए ।

नेकाका गाउँपालिका अध्यक्ष प्रत्याशी श्रीराम राय यादवले सेवाग्राहीहरू विभिन्न कार्यको लागि सिफारिस गराउन जाँदा वडाध्यक्ष यादवको धाकधम्की र राम्रो व्यवहार नगर्दा साबिक गाविसको कार्यालयमा वडा कार्यालय सार्नुपर्ने अडान लिएर २४ घण्टे रिले अनसन गर्दा पनि कुनै सुनवाइ नगर्दा आज देखि बाध्यात्मक रूपमा गाउँपालिकाको मुख्य गेटमै ताला लगाएर कामकाज अवरुद्ध बनाइएको बताए ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर