Lucky-Khabar_

२ थान सालको काठ सहित मनवाबाट २वटा साईकल बरामद

२० असोज,बिरगंज । पर्साको मनवाबाट पर्साको बन गस्ती टोलीले २ थान सालको काठ सहित २ वटा साईकल बरामद गरेको छ ।

content ad p2

मनवा सब डिभिजन बन र्कालय ,सखुनियाबाट खटिएको बन गस्ती टोली र बागेश्वर त्रित्रौनाबाट सशस्त्र प्रहरी कार्यालबाट संयुक्त रुपमा खटिएको टोलीले गएराती १४.०१ क्युफिट बरामद गरेको डिभिजन बन कार्यालय ,पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।


काठ तस्करहरुले पर्सागढी नगरपालिका वडा नं.१ मनवा गेटबाट दोहरीतर्फ साईकलमा काठ लैजादैँ गरेको अवस्थामा गस्ती टोलीलाई देखेर तस्करहरु फरार भएको मनवा सब डिभिजन बन कार्यालय ,सखुनियाले जनाएको छ ।

फरेस्टर हरिभजन चौधरीका अनुसार काठ तस्करहरुलाई आफुहरुले लखेटेको तर उनीहरु साईकल र काठ छाडेर भागेको बताए ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर