Lucky-Khabar_

वीरगञ्ज महानगरको-१७अलौमा डुबान समस्या समाधान गर्न जाँदा प्रमुख सिंहमाथि हातपातको प्रयास

२१ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका -१७ अलौमा, डुबान समस्या समाधानका क्रममा महानगर प्रमुख राजेशमान सिंहमाथि हातपातको प्रयास भएको छ। केही दिनअघिको अविरल वर्षाका कारण अलौमा डुबान भएको थियो।

डुबानको समस्या समाधान गर्न पानीको बहावलाई अर्कोतर्फ पठाउने उद्देश्यले बाँध फोडिएको वडा नम्बर १७ अलौका सञ्जिब बहादुर क्षेत्रीले पुष्टि गरेका छन्। क्षेत्रीका अनुसार बाँध फोडिएपछि अर्को क्षेत्रमा रहेका खेतमा पानी पुगेको थियो। यसले गर्दा एकातर्फ बाली नष्ट हुने र अर्कोतर्फ डुबानका कारण जनजीवन प्रभावित हुने अवस्था सिर्जना भएको थियो।

महानगर प्रमुख सिंहले वडाअध्यक्षहरूलाई जिम्मा दिँदै समस्या समाधानको पहल गर्न आग्रह गरेका थिए। स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा पानीको बहाबलाई मोडिए पनि पछि पुनः घरखेतमा पानी पसेको गुनासो आएको थियो,तयसपछि क्षेत्रीले बहाबलाई पहिलेकै स्थानमा फर्काएका थिए। यसले पुनः डुबानको समस्या उत्पन्न भएको र स्थानीय बासिन्दाले सास्ती भोग्नुपरेको गुनासो गरेका छन्।

content ad p2

समस्याको समाधान खोज्न र स्थानीयसँग छलफल गर्न महानगर प्रमुख सिंह घटनास्थल पुग्दा विवाद उत्पन्न हुँदै सुदर्शन लामिछानेले नगर प्रहरीमाथि आक्रमण गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार लामिछानेले अपशब्द प्रयोग गर्दै महानगर प्रमुखसँग दुर्व्यवहारसमेत गरेका थिए। नगर प्रमुख सिंहले अवस्थालाई साम्य पार्न प्रयास गर्दा, लामिछानेले सिंहको कुर्ताको टाँकसमेत निकाल्दै हातपात गरेका थिए।

क्षेत्रीले २ दिन अघि वडा सदस्य अमोद यादवले महानगर प्रमुखलाई निवेदन दिए पनि उनी समयमै नआएको गुनासो गरेका छन्। उनले घटनास्थलमा अधिकारीहरू पठाउनु पर्ने बताउँदै सुदर्शन लामिछाने नेपाली कांग्रेसका बूथ समितिका सभापतिको छोरो भएको जानकारी दिए।

सम्बन्धित खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन अभियान सुरु हुँदै, शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरण

लक्की खबर

मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज यथावत

लक्की खबर