Lucky-Khabar_

पोखरामा रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाको प्रदर्शन

३ कार्तिक्,पोखरा| पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार काठमाडौंमा पक्राउ गरेर शनिबार पोखरा लयाएपछी रास्वपाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन्।

content ad p2

सभापति लामिछाने पक्राउ परेपछि शनिबार रास्वपाका शीर्ष नेताहरु यति बेला पोखरामा छन्। आज दिउँसो १ बजे पोखराको मानवअधिकार चोकमा रास्वपा सभापति पक्राउको विरोधमा सभा हुने कार्यक्रम छ। यसका गि देशमा विभिन्न स्थानबाट समेत रास्वपा कार्यकर्ता पोखरा आएका छन्।


मानव अधिकार चोकमा भेला भएका कार्यकर्ताहरुले बिहानै देखि पक्राउको विरोध गरेका छन्। लामिछानेलाई शनिबार पोखरा ल्याए लगतै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो।

लामिछानेलाई स्वास्थ्य परीक्षण पछि करिब पौने ३ बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो। सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमति लिएर काठमाडौंबाट पक्राउ गरिएको हो।

लामिछानेलाई सडक मार्ग हुँदै पोखरा ल्याइएको छ। पोखरा ल्याउने क्रममा रास्वपाका कार्यकर्ताले पृथ्वीराजमार्गको ठाउँ ठाउँमा भेला भएर नराबाजी गरेका थिए। पोखरा ल्याएपछि पनि जिल्ला प्रहरी कार्यालय अघि रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका थिए।

त्यस्तै सभापति लामिछानेलाई पक्राउ गरी पोखरा ल्याएपछि पार्टीका उच्च तहका नेता पनि पोखरा आएका छन्। उपाध्यक्ष स्वर्णिम वाग्ले, उपाध्यक्ष डिपी अर्याल लगायतका नेता शनिबार राति नै पोखरा आएका छन्। उपाध्यक्ष अर्याल र रविकी पत्नी निकिता पौडेल लामिछानेसँगै गाडीमा आएका थिए।

राजनीतिक प्रतिशोध गरेर पार्टी सभापतिलाई सहकारी र संगठित अपराधमा पक्राउ गरिएकोले जनतालाई यसबारे सचेत गराउन सभा गरिएको रास्वपा गण्डकीका संगठन विभागका सचिव एकराज न्यौपानेले बताए। पोखरामा शान्ति सुरक्षा कायम गर्न प्रहरी परिचालन कडा गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की वरपर, महेन्द्रपुल, चिप्लले ढुंङ्गा लगायतका क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले लामिछानेलाई पक्राउ गरेको हो। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ। सहकारीको रकम अपचलन प्रकरणमा संलग्न जीबी राई मलेसिया पुगेको प्रहरीले बताउँदै आएको छ।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर म्याद थपका लागि आइतबार पेस गरिने भएको छ। लामिछानेसहित १४ जनालाई सहकारी ठगी प्रकरणमा पक्राउ गरी बयानलगायतका थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिव देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम पक्राउ गर्न कास्की अदालतले अनुमति दिएको हो।

सम्बन्धित खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर