११ कात्तिक,सेढवा । वन गस्ती टोलीले गएराति काठ सहित एउटा मोटरसाइकल पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट पक्राउ गरेको छ ।

गादीमाइ साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दी र सब डिभिजन बन कार्यालय बसन्तपुरका रेन्जर बिजय यादवको नेतृत्वमा गएको गस्ती टोलीले गएराति २ बजेको समयमा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर–५ निचुटा गाउँ नजिकबाट बा ८५ प ५६६८ नम्बरको मोटरसाइकलमा लोड गरिएको सालको गोलिया काठ सहित मोटरसाइकल पक्राउ गरेको डिभिजन वन कार्यालय वीरगंजका डिभिजन वन अधिकृत मन्जुर अहमदले बताएको छ।
टोलीले जिराभवानी गाउँपालिका–५ मा पर्ने भलुवाही खोलामा बालुवा उत्खनन गरिरहेको अवस्थामा एउटा ट्रयाक्टर पनि नियन्त्रणमा लिएको डिभिजन वन अधिकृत मन्जुर अहमदले बताएको छ।

उक्त काठ सहित मोटरसाइकल र बालुवा सहित ट्रयाक्टर आवश्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय बसन्तपुरमा राखि अनुसन्धान भईरहेको डिभिजन वन अधिकृत अहमदले जनाए ।


