Lucky-Khabar_

२ पक्षबीच पकाहामैनपुर गाउँपालिका पर्सामा झडप हुदा १० जना घाईते

१९ कात्तिक,वीरगञ्ज । २ पक्षबीच पकाहामैनपुर गाउँपालिका पर्सामा झडप हुदा १० जना घाईते भएको छ |

content ad p2

पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा दुइपक्षबीच झडप हुँदा १० जना घाईते भएका छन् । जग्गाको विषयमा धर्मजित मेहता पक्ष र किशोरी महतो पक्षबीच भएको झडपमा दुवैपक्षका १० जना घाईते भएको प्रहरीले जनाएको छ ।


जग्गाको विषयमा दुवैपक्षबीच विवाद भएर झडप भएको र दुवैतर्फका १० जना घाईते भएका हुन् । धरमजित महतो र किशोरी महतोबीच लामोसमयेखि जग्गाको विवाद रहेको थियो । जग्गाको विवादमा अदालतमा मुद्दा पनि परेको थियो ।जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी गराउनु भएको छ |


अदालतमा परेको मुद्दामा किशोरी महतो कोइरीको पक्षमा ७५१५ वर्गमिटर जग्गा भोग गर्न भने पछि बढी जग्गा भोगचलन गर्न खोज्दा धरमजीत महतो पक्षबीच झडप भएको हो ।

किशोरी महतो पक्षले बढी रहेको जग्गा भोगचलन गर्दा धरमजिय महतो पक्षले नाप नक्शा गरेर मात्रै काम गर्नु भन्दा किशोरी महतो पक्षले बल प्रयोग गरी जोत्न खोज्दा झडप भएको हो ।

झडपका क्रममा धर्मजित मेहता , सुशीला देवी , रामवती देवी , रमेश कुशवाहा , महन्थ महतो कोइरी लगायत घाईते भएका छन् । किशोरी महतो पक्षका राधेश्याम , अमीर मेहता , अनिल कुशवाहा , उमेश कुशवाहा , बृजेश कुशवाहा लगायतका १०/१५ जनाको समूहमा आएका उनीहरुले धर्मजिय महतो पक्षकालाई लाठ्ठीले एक्कासी प्रहार गर्न थालेको धर्मजित मेहताले बताए ।

किशोरी महतो पक्षका अनिल कुशवाहा र राधेश्याम कुशवाहा निजामती कर्मचारीको धाकधम्की लगाउँदै गाउँघरमा झडप गर्दै आएका छन् । २ महिना अगाडि राधेश्याम कुशवाहा आफू अदालतको कर्मचारी भएको बल देखाउँदै एक जना वृद्धलाई कुटपिट गरेको आरोपमा प्रहरी हिरासत बसी ५ हजारको धरौटीमा छुटेका हुन ।

उमेश पक्षका घाईतेहरुको एलएस न्यूरो अस्पतालमा उपचार भईरहेको र महन्त पक्षको नारायणी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर