१९ कात्तिक,वीरगञ्ज । टाटा सुमो दुर्घटना हुँदा बारामा १ जनाको मृत्यु र ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१ ज ४४२८ नम्बरको टाटा सुमो अनियन्त्रित भई सोमबार बिहान जितपुरसिमरा उपमहानगरपालिका–१० मा दुर्घटना हुँदा उक्त टाटा सुमोमा सवार भारत बिहारको मोतिहारी थाना सुगौली रक्सौल बस्ने नविन कुमार साहका छोरा ४ वर्षीय अनमोल कुमार साहको मृत्यु भएको छ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका सुमोमा सवार अन्य ८ जनाको बयोधा मेडिसिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।टाटा सुमोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
#दुर्घटना


