Lucky-Khabar_

छठपूजा घडिअर्वाको व्यावस्थापन अन्तिम चरणमा, साढे १८ लाख खर्च हुने अनुमान

२१ कात्तिक, वीरगञ्ज । घडिअर्वा छठपूजा व्यावस्थापनका तयारी अन्तिम चरणमा पुगेको छ । घडिअर्वा छठ पूजा व्यावस्थापन समितिले आज पत्रकार सम्मेलन गरेर व्यावस्थापनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

पोखरी परिसरमै आयोजना गरेको पत्रकार सम्मेलनमा यसबर्ष पूजा व्यावस्थापनमा २६ लाख ११ हजार ३१८ रुपैंया आम्दानी र १८ लाख ४४ हजार पाँचसय खर्च भई ७ लाख ६६ हजार ८१८ रुपैंया बचत हुने अनुमान गरिएको छठ पूजा व्यावस्थापन समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले जानकारी दिए । समितिका अनुसार गतबर्षको छठ पूजा व्यावस्थापनमा २३ लाख ३८ हजार ७७० रुपैंया आम्दानी भई १६ लाख २८ हजार ४५२ रुपैंया खर्च र ७ लाख १० हजार ३१८ रुपैंया बचत भएको थियो ।

त्यस्तै छठपूजाका लागि वीरगन्जको घडिअर्वा पोखरी देशभरमै चर्चित रहेको छ । घडिअर्वा पोखरीमा मनाईने छठ पर्वले देश तथा छिमेकी भारतका श्रद्धालु र ब्रतालुहरुलाई समेत आकर्षित पार्ने गरेको छ । छठ पूजामा आउने भक्तजन र ब्रतालुहरुको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एकसयजना सुरक्षाकर्मी र सादा पोशाकमा पनि सुरक्षाकर्मीहरु खटिइने पूजा व्यावस्थापन समितिका प्रेस संयोजक क्रान्ति साहले जानकारी दिए ।

content ad p2

साहका अनुसार पोखरी वरिपरी १६ वटा सीसीटिभी क्यामेराको निगरानीमा रहने र व्यावस्थापन समितिकोतर्फबाट पनि स्वयंसेवकहरु परिचालन गरिने छ । पत्रकार सम्मेलनमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह कानू, व्यावस्थापन समितिका पूर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण व्यावस्थापन समितिका सचिव लखनलाल गुप्ताले गरेका थिए ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर