Lucky-Khabar_

छठपूजा घडिअर्वाको व्यावस्थापन अन्तिम चरणमा, साढे १८ लाख खर्च हुने अनुमान

२१ कात्तिक, वीरगञ्ज । घडिअर्वा छठपूजा व्यावस्थापनका तयारी अन्तिम चरणमा पुगेको छ । घडिअर्वा छठ पूजा व्यावस्थापन समितिले आज पत्रकार सम्मेलन गरेर व्यावस्थापनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

पोखरी परिसरमै आयोजना गरेको पत्रकार सम्मेलनमा यसबर्ष पूजा व्यावस्थापनमा २६ लाख ११ हजार ३१८ रुपैंया आम्दानी र १८ लाख ४४ हजार पाँचसय खर्च भई ७ लाख ६६ हजार ८१८ रुपैंया बचत हुने अनुमान गरिएको छठ पूजा व्यावस्थापन समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले जानकारी दिए । समितिका अनुसार गतबर्षको छठ पूजा व्यावस्थापनमा २३ लाख ३८ हजार ७७० रुपैंया आम्दानी भई १६ लाख २८ हजार ४५२ रुपैंया खर्च र ७ लाख १० हजार ३१८ रुपैंया बचत भएको थियो ।

त्यस्तै छठपूजाका लागि वीरगन्जको घडिअर्वा पोखरी देशभरमै चर्चित रहेको छ । घडिअर्वा पोखरीमा मनाईने छठ पर्वले देश तथा छिमेकी भारतका श्रद्धालु र ब्रतालुहरुलाई समेत आकर्षित पार्ने गरेको छ । छठ पूजामा आउने भक्तजन र ब्रतालुहरुको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एकसयजना सुरक्षाकर्मी र सादा पोशाकमा पनि सुरक्षाकर्मीहरु खटिइने पूजा व्यावस्थापन समितिका प्रेस संयोजक क्रान्ति साहले जानकारी दिए ।

content ad p2

साहका अनुसार पोखरी वरिपरी १६ वटा सीसीटिभी क्यामेराको निगरानीमा रहने र व्यावस्थापन समितिकोतर्फबाट पनि स्वयंसेवकहरु परिचालन गरिने छ । पत्रकार सम्मेलनमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह कानू, व्यावस्थापन समितिका पूर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण व्यावस्थापन समितिका सचिव लखनलाल गुप्ताले गरेका थिए ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर