Lucky-Khabar_

आचारसंहिताविपरीत कार्य गर्ने ४ वटा सञ्चारमाध्यम कालोसूचीमा

२५ कात्तिक,काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा परेका छन् । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

content ad p2

त्यस्तै विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखेर छानबिन गरिरहेको छ । काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँ बेगर सूचना सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई कारवाही गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । दशैं अघि काउन्सिलले ३ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो ।
आइतबार एक साप्ताहिक, एक टेलिभिजन र २ अनलाइन सञ्चार माध्यमलाई कालोसूचीमा राखी थप कारवाही गर्ने निर्णय भएको हो । काउन्सिलले कालोसूचीमा राखेका सञ्चार माध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिस्ट्रारको कार्यालयलाई समेत दिएको छ ।


काउन्सिलका अनुसार कालोसूचीमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशी पोष्ट डटकम, खोजतलास अनलाइन डटकम परेका छन् । काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा समेत पठाएको छ ।

त्यसैगरी आचारसंहिताकै विषयमा गम्भीर प्रश्न उठेपछि आवश्यक कारवाहीका लागि काउन्सिलले ७ वटा सञ्चार माध्यमलाई विशेष अनुगमनमा राखी छानबिन थालेको छ । त्यसमा दियोपोष्ट डटकम, मोटिभेटन्यूज डटकम, एवननेपालन्युज डटकम, अनलाइन टिभि नेपाल डटकम, राइटसञ्चार डटकम, ताजा खबर टिभि र विजीटिभी (युट्युब च्यानल) छन् ।

बैठकमा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरू ठाकुर बेल्वासे, लालबाबु शेष, विजयराज अधिकारी, शरदप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी, नेपाल बार एसोसिएसनका महासचिव अन्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सहभागी थिए । बैठकपछि सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा पत्रकारिताको मूल्य र मान्यताविपरीत, गलत, समाजमा उत्तेजना, अफवाह फैलाउने, सामाजिक सद्भाव भड्काउने, अमर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न सम्बन्धित सबैलाई आग्रह समेत गरिएको छ ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिमा पत्रकार महासंघ र बार एसोसिएसनको समेत प्रतिनिधित्व हुन्छ । प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपसहितमा स्वअनुगमन समेत गरिरहेको छ ।साभार

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर