Lucky-Khabar_

ट्रक र मोटरसाईकल ठोक्किँदा बाईपासमा १ जना घाईते

२७ कात्तिक,वीरगञ्ज । वीरगञ्जको बाईपास ४० फिटको सडकमा ट्रक र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक घाईते भएका छन् ।

content ad p2

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित ४० फिटको सडकमा ना ६ ख ४७८७ नम्बरको डिब्बा ट्रकको पछाडि ना ५४ प ५६ नम्बरको पल्सर मोटरसाईकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाईकल चालक घाईते भएका हुन् ।
घाईते हुनेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुर बस्ने धुरुप प्रसाद कुर्मीको २६ बर्षीय छोरा नितेज कुमार पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

घाईते पटेललाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार ट्रक र बाइक तीव्र दुवै एउटै दिशाबाट गईरहेको र दुवै तीब्रगतिमा रहेकोले दुर्घटना भएको हो । ट्रकका चालक मकवानपुर जिल्ला मनहरी

गाउँपालिका वडा नम्बर २ का सुवास रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर