Lucky-Khabar_

उपभोत्ता हित संरक्षण मञ्चको २९ औं साधारणसभा २१ बुँदे वीरगञ्ज घोषणापत्र सहित सम्पन्न

मङ्सिर १,वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औं बार्षिक सधारणसभा २१ बुँदे वीरगन्ज घोषणपत्र वीरगन्जमा शुक्रबारदेखि शुरु भएको बार्षिक साधारणसभा आज सकिएको हो ।

content ad p2

नेपालको संविधानको धाराद्वारा प्रदत्त उपभोक्ताको हक अन्र्तगत प्रत्येक उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ भन्ने व्यवस्था रहेकोे र उपभोक्ता अधिकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनने मानव अधिकारको रुपमा अंगिकार गरी त्यसको प्रत्याभूति गर्ने राज्यको दायित्व भएको सन्दर्भमा उपभोक्ता अधिकारको संरक्षण, सम्बद्र्धन र परिपूर्तिका लागि उपभोक्ता हित संरक्षण मञ्च नेपालले विभिन्न माग सहितको २१ बुँदे घोषणा पत्र जारी गरेको छ ।

जारी घोषणा पत्रको पहिलो नम्बर बुँदामा नेपालको संबिधान, उपभोक्ता संरक्षण ऐन, २०७५ समेतमा भएका उपभोक्ता अधिकार सम्बन्धी कानूनी व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनको माग गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र सम्मानित सर्वोच्च अदालतको परमादेश आदेश अनुसार उपभोक्ताका मुद्धाहरुको सुनुवाईका लागि अबिलम्ब उपभोक्ता अदालत गठन प्रक्रियालाई पूर्णता प्रदान सिघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

प्रदेश उपभोक्ता हित संरक्षण ऐन जारी गरी यथासिघ्र कार्यान्वयनमा ल्याउनका लागि सात वटै प्रदेश सरकारसँग माग गरेको छ । सबै पालिकाहरुले हालसम्म पनि स्थानिय बजार व्यवस्थापन सम्बन्धी ऐन र नियमावती बनाएको नपाईएकोले यथाशीघ्र कानून निर्माण गरी कार्यान्वयमा ल्याउन पनि वीरगन्ज घोषणापत्र मार्फत माग गरेको छ ।

मधेस प्रदेश सरकारको उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णयको विरोध गर्दै यथाशीघ्र पुनस्र्थापना गर्ने लगायतका २१ बुँदा रहेका छन् । साधारणसभा सम्पन्न गर्नका लागि विशेष भूमिका निर्वाह गर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपाल मधेस प्रदेश, बागमती प्रदेश पर्सा जिल्ला समिति र बिरगंज महानगर समिति लगायत कार्यक्रम सफल पार्न उपस्थित सबैलाई धन्यवाद ज्ञापनपनि गरेको छ ।

सम्बन्धित खबर

सर्वदलीय बैठक सुरु, उच्चस्तरीय संयन्त्र गठन मुख्य एजेन्डा

लक्की खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर