Lucky-Khabar_

सर्वदलीय बैठक सुरु, उच्चस्तरीय संयन्त्र गठन मुख्य एजेन्डा

काठमाण्डौ । भोटेकोसी बाढीबाट भएको ठूलो जनधनको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका विषयमा छलफल गर्न काठमाडौंमा सर्वदलीय बैठक सुरु भएको छ ।

content ad p2

सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी छन् ।

बैठकमा बाढी तथा विपद्पछिको पुनर्निर्माणमा सरकारलाई सहयोग तथा कामकारबाहीको अनुगमन गर्न उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयलाई मुख्य एजेन्डा बनाइएको छ ।रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार गत भदौ १० गते भोटेकोसी बाढीपछि बसेको सर्वदलीय बैठकले जारी गरेको १० बुँदे साझा संकल्पकै आधारमा अहिलेको छलफल अघि बढाइएको हो ।

साझा संकल्पको १०औँ बुँदामा विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका कामलाई तत्कालीन राहतमा मात्र सीमित नराखी दिगो तथा दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख गरिएको छ ।सोही मर्मअनुसार बैठकमा जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा विपद् व्यवस्थापनका लागि एकीकृत र प्रभावकारी संयन्त्र निर्माणका विषयमा नेताहरूबीच छलफल भइरहेको छ ।

बाढीपछि उद्धार तथा राहतका कामसँगै पुनर्निर्माण र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकार, राजनीतिक दल तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेकोमा सहभागी नेताहरूले जोड दिएका छन् ।बैठकबाट उच्चस्तरीय सर्वदलीय संयन्त्रको स्वरूप, कार्यक्षेत्र र जिम्मेवारीबारे समेत ठोस निष्कर्ष निकाल्ने तयारी गरिएको छ ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर