Lucky-Khabar_

मोरङको ग्रामथानको अध्यक्षमा रास्वपाका नवीनकुमार विश्वासको उम्मेदवारी दर्ता

२ मंसिर,विराटनगर|राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवीनकुमार विश्वासले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । रास्वपा पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिँदै छ । पार्टीका नेता कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विश्वासले उम्मेदवारी दर्ता गराएका हुन् ।

content ad p2


|राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थन्दार (दिवेश)ले यसअघि नै मनोनयन दर्ता गराइसकेका छन् । मोरङको ग्रामथानमा अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । अन्य दलका उम्मेदवार पनि मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने क्रम जारी छ भनि जानकारी प्राप्त भएको छ ।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर