Lucky-Khabar_

वीरगञ्ज -१६ नगवाको विद्यालयमा शिक्षक अभाव का कारण विद्यार्थीहरूद्वारा तालाबन्दी र विरोध प्रदर्शन

३ मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६–नगवा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले शिक्षक अभाव का कारण तालाबन्दी सहित विरोध प्रदर्शन गरेका छन् ।

content ad p2

आन्दोलनरत विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गर्दै गेटअगाडि आगो बालेर विरोध प्रदर्शन गरेका हुन्। उनिहरूले विद्यालयमा शिक्षकको अभावका कारण पठनपाठन ठप्प भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
विशेष गरी अकाउन्ट विषयका शिक्षकको अनुपस्थितिले उनीहरूको पढाईमा बाधा पुगेको भन्दै विरोध गर्न बाध्य भएको उनीहरूको भनाइ छ।

त्यस्तै विद्यालयका प्रधानाध्यापकले महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखासँग शिक्षक आपूर्तिका लागि पटकपटक माग गर्दा पनि शिक्षा शाखाले आलटाल गरेको आरोप विद्यार्थीहरूले लगाएका छन्।
शिक्षक अभावमा अध्ययन अध्यापनमा समस्या भएको र उनीहरूको शैक्षिक भविष्यमा नकारात्मक प्रभाव पर्न सक्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

वडा अध्यक्ष पर्शुराम चौरसियाले विद्यालयमा जसरिपनि पालिकाबाट होस् नभए आफ्नो निजि स्रोतबाट भएपनि भोलिबाट लेखा विषयका शिक्षक व्यवस्था गरी पठनपाठन नियमित गराउने शिक्षक अभाव भएको स्वीकार्दै आश्वासन दिएका छन् । त्यसपछि वडा अध्यक्षको आश्वासनमा विद्यार्थीहरूले आन्दोलन स्थगित गरेका छन्।बिद्दालय तथा अधययन विद्यार्थीहरू हितको लागि सधै तत्पर रहनेछु भनि जानकारी गराउनु भो |

सम्बन्धित खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

मेहनत र अनुशासनले सुरक्षा निकायका पाँच पदमा सफलता, धिराजन परियार बने प्रेरणाका पात्र

लक्की खबर