Lucky-Khabar_

सरकारले सार्वजनिक बिदाको निर्णय ढिलो गर्दा सेवाग्राहीलाई सास्ती

३ बिरगंज, पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारले सोमबार बिहान कार्यालय समय अगाडि मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कार्यालय खुल्ने केही समय अगाडि मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेपछि नागरिकले सास्ती भोग्नु परेको छ ।

content ad p2


सरकारी कार्यालयहरुमा सोमबार बिहानैदेखि सेवाग्राहीको लाइन थियो । पूर्वसभामुख ढुंगानाको आइतबार नै उपचारको क्रममा मृत्यु भएको थियो । तर सोमबार बिहानसम्म सार्वजनिक बिदा बारे कुनै जानकारी आएको थिएन,एक सेवाग्राहीले भने,’ बिदाबारे हिजो नै थाहा भएको भए गाउँबाट हतार गरेर सदरमुकामसम्म आउनु नै पर्ने थिएन ।’

बिदाबारे सरकारले अघिल्लो दिनै कुनै जानकारी नदिएकाले आफूहरूलाई सास्ती भएको उनीहरूको गुनासो छ । जिल्ला प्रशासन लगायतका सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही विमुख घर फर्कनु परेको छ । प्रशासन कार्यालयले प्रवाह गर्ने विभिन्न खालका सेवाबाट सरकारले मनमौजीले गरेको निर्णयका कारण आफूहरुले दु:ख पाएको सेवाग्राहीको गुनासो छ । ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।ढुंगानाको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

सम्बन्धित खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

माग सम्बोधन नभए आइतबारदेखि आमरण अनसनको चेतावनी

Akleshsaran Patel

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर