Lucky-Khabar_

धादिङको बेनिघाट ट्रक त्रिशूलीमा खसेको, ३ जनाको उद्धार

४ मंसिर, धादिङको बेनीघाट पृथ्वीराजमार्ग अन्तर्गत रोराङ गाउँपालिका– १० स्थित खयरघारीबाट मालवाहक ट्रक त्रिशूली नदीमा खसेको छ ।

content ad p2

नवलपरासीबाट चामल बोकेर काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २५० नम्बरको ट्रक बिहान करिब साढे ५ बजे हुग्दीखोला नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।


दुर्घटनास्थलबाट ३ जनाको घाइते अवस्थामा उद्धार गरिएको धादिङ प्रहरीले जनाएको छ । उद्धार गरिएकामा ट्रक चालक नवलपरासीका आशिष महतो, सहचालक राजु थापामगर र ट्रकका धनी सुरेश गुरुङ छन् ।

उनीहरुलाई मझिमटारस्थित बिहानी फार्मेसीमा सामान्य उपचारपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले बताएको छ ।

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर