Lucky-Khabar_

पूरातत्व विभागको टोलीद्वारा बाराको ऐतिहासिक स्थल सिम्रौनगढमा उत्खनन् शुरु

७ मंसिर,सिम्रौनगढ ।बाराको प्रसिद्ध ऐतिहासिक पर्यटकीय एवं धार्मिक स्थल सिम्रौनगढ–४ स्थित हरिहरपुरको पलकियामाई ऐतिहासिक बाक्सा भन्ने तुलजा भवानी क्षेत्रमा आज देखि उत्खनन् कार्य सुरु भएको छ ।

नेपाल सरकार पुरातत्व बिभाग काठमाण्डौले शुरु गरेको यो उत्खनन् कार्य २१ दिन सम्म चल्ने जनाएको छ । उत्खनन् कार्य २ ठाउमा गर्ने योजना रहेको विभागले जनाएको छ ।

विभागका कर्मचारीका अनुसार पलकियामाई परिसर भित्रको मड आकृतीको उच्च भागमा जमिनको सतहमा थुप्रै पुराना ईटाका टुक्राहरु, भाडाकुडाहरु प्रशस्त वास्तु अंशहरु सतहमा पाईएको हुँदा जिओ फिजिक्स सर्वेले पनि उक्त स्थानलाई महत्वपूर्ण साईटको रुपमा ईन्डेकेट गरेको जनाएको छ ।

content ad p2

त्यस्तै त्यसको जमिन मुनि कस्तो प्रकारको वास्तु संरचना हुन सक्छ भनेर त्यसको पहिचानको लागि यो उत्खनन् कार्य गरिएको पुरातत्व अधिकृत हरि प्रसाद भुसालले जानकारी गराए । पुरातत्व बिभाग काठमाण्डौका पुरातत्व अधिकृत भास्कर ज्ञावालीको नेतृत्वमा ३ जना टोलीले उत्खनन् कार्यमा सहभागी भएका छन्।

पुरातत्व विज्ञ देवेन्द्र नाथ तिवारी, पुरातत्व अधिकृत हरिप्रसाद भुसाल र छविकार नर्मदा श्रेष्ठको टोली रहेका छन् । उत्खनन टोलीले हिजो सिम्रौनगढ आईपुगेर आवश्यक तैयारी (ले–आउट) गरि आज ७ गतेदेखि ६ बाई ४ फिटको डेल्चमा उत्खनन् कार्य सुरु गरिएको छ

सम्बन्धित खबर

प्रधानमन्त्री बालेन शाहमाथि संसदीय मर्यादा उल्लंघनको आरोप: राजनीतिक वृत्तमा तरंग

लक्की खबर

सर्वोच्चमा नयाँ युगको सुरुवात कि परम्पराको अन्त्य? सात दशकको इतिहास तोड्दै चौथो वरीयताका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस!

लक्की खबर

चुरे दोहनको असर: मधेशमा पानीको हाहाकार, मरुभूमीकरणको खतरा

लक्की खबर