Lucky-Khabar_

५५ करोड बढीको कारोबार गर्ने राई अनलाइन बेटिङमा पक्राउ

१२मन्सिर्, काठमाडौं | ५५ करोड बढीको कारोबार गरेका १ जना बेटिङ एपमार्फत पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर घर भइ ललितपुर बस्दै आएका ३७ वर्षीय सुनिल राई हो।

content ad p2


राईले बेटिङ एपमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेम अन्तर्गत जुवा खेलाउने गरी रकम संकलन गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्नेलगायतका गैरकानुनी कार्यहरू गर्दै आएको प्रहरीले जानकारी बताएको छ। राईले ७५ वटा बैंक खाता, १२८ वटा इसेवा वालेट र बिनान्स आइडी प्रयोग गरी हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

राईलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद(५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ ९क० १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जनाए ।

राईले २५ वटाभन्दा बढी जिमेल खाता अनलाइन बेटमा प्रयोग गरेका थिए भने विभिन्न स्थानमा कोठा लिएर हुलिया परिवर्तन गर्दै हिंड्ने गरेको प्रहरीको भनाइ छ।

उनको साथबाट २ थान ल्यापटप, ८ थान मोबाइल, एनसेलको ७० वटा सिम र एनटीसीको ५ वटा सिम, दुई थान राउटर, ११ जनाको नागरिकताको प्रमाणपत्र, १५ जनाको पासपोर्ट, २२ वटा चेकबुक, ४२ वटा एटीएम कार्ड र एक थान मोटरसाइकल फेला बरामद गरेको छ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर