Lucky-Khabar_

बारामा कुशवाहा हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ

१३ मंसिर, कलैया । रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्याकाण्डका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

content ad p2

प्रहरीको उच्च स्रोत अनुसार क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्याको मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई पक्राउ गरेको प्रहरी स्रोतले गरेको छ। यथपी जिल्ला प्रहरी कार्यालय बाराले भने आधिकारीक रुपमा पक्राउ बारे जानकारी गराएको छैन ।

प्रहरीले विषेश सूचनाको आधारमा बुधबार मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको स्रोतले बताएको छ ।

पक्राउ परेका कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको र आज विहान ९ बजे पत्रकार सम्मेन गरेर सार्वजनिक गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । हत्या भएको झण्डै ६ महिनापछी मुख्य अभियुक्त कुशवाहालाई पक्राउ गरेर बारा प्रहरीलाई सफलता मिलेको सापकोटको भनाई छ ।

गत जेठ ३२ गते साँझ साढे पाँच बजेको समयमा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरीया निवासी क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरिएको थियो ।
आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा टोल स्थित ग्रेवल सडक खण्डम क्याम्पस प्रमुख कुशवाहा मोटरसाईकल चलाई खजुरियाबाट कलैयातर्फ आउने क्रममा पुग्दा अपरचित व्यक्तिहरुको समूहले गोली हानी हत्या गरेका थिए ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर