Lucky-Khabar_

प्रहरीकाअसईले अछाममा गरे आफैँलाई गोली प्रहार

१४ मंसिर,काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले अछाममा आफैँमाथि गोली प्रहार गरेका छन् ।

अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी गराए अनुसार तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक असई किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेको दिए।

content ad p2


चन्दले आफैँले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको प्रजिअ लम्सालले बताए । चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैँमाथि गोली प्रहार गरेको र उनको बाँकेको कोहलपुर मेडिकल कलेजमा आइसियुमा राखेर उपचार भइरहेको छ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर