Lucky-Khabar_

राम-जानकी विवाह महोत्सव आज शनिबार समापन हुँदै

२२मन्सिर्,जनकपुर|जनकपुरमा माता जानकीको भव्य महल जानकी मन्दिर मात्रै नभई विवाह पञ्चमीको अवसरमा सम्पूर्ण जनकपुर नगरीनै दुलहीझैं सजाइएको छ। मिथिलाको घरघरमा मंगलगान गाइएका हुन्छन् भने आकर्षक पहिरनमा सजिएकी मिथिलाकी नारीहरूले आफ्नो सुन्दर लोकगीतले यस उत्सवलाई अझ बढी भव्य बनाईएको छ। साताव्यापी राम-जानकी विवाह महोत्सव आज शनिबार समापन हुँदैछ ।

शुक्रबार पञ्चमी तिथिमा रङ्गभूमि मैदानमा स्वयंवर विधि सम्पन्न भएको थियो भने गएराति नै वैवाहिक कार्यक्रम सम्पन्न गरिएको छ । महोत्सवको सातौँ दिन शनिबार भारतको अयोध्याबाट जन्तीका रूपमा आएका साधुसन्तहरूलाई भोजन गराउँदै बिदाइ गरिँदैछ ।

स्वयंवरका लागि भारतको अयोध्याबाट राम मन्दिर तथा नेपालको जनकपुरस्थित जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा आउँछ। स्वयंवरपछि दुवै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ जहाँ वैवाहिक कार्यक्रम हुन्छ।

content ad p2

जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुको सहभागिता रह्यो। विवाह महोत्सव हेर्नका लागि नेपाल, भारत र तेस्रो मुलुकबाट दर्शनार्थी जनकपुरधाम आइपुगेका हुन् ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर