Lucky-Khabar_

अदालतले डिजिटल कारोबारमा लाग्ने शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णय

२६ मंसिर,काठमाडौँ । डिजिटल कारोबारमा भ्याट लाग्ने निर्णय सर्वोच्चबाट १३ % भ्याट लिने सर्वोच्च अदालतको निर्णय सरकारले सदर गरेको छ ।

content ad p2

सरकारले चालु आर्थिक वर्षदेखि लगाएको डिजिटल भुक्तानीमा भ्याट खारेज गर्न माग गर्दै दायर भएको रिट निवेदन अदालतले खारेज गरेको हो ।

न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन खारेज गरेसँगै भ्याट लिने बाटो खुलेको छ । अधिवक्ता अनुपम भट्टराईले डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट खारेज हुनुपर्ने माग राखेर गएको कात्तिक ११ गते रिट दायर गर्नुभएको थियो । यद्यपि सर्वोच्चले लिखित फैसला जारी गरिसकेको छैन ।

सरकारले डिजिटल भुक्तानीमा भ्याट लगाइदिएपछि फोनपे, ई–सेवा, खल्ती, कनेक्ट आईपीएसलगायतले प्रयोग गरेबापत सेवा शुल्क १३ प्रतिशत पु¥याएका थिए । मोबाइल प्रयोगकर्ता बढेसँगै इन्टरनेटमार्फत हुने आर्थिक कारोबार बढ्दो छ ।

सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत १३% मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको हो ।

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर