२८मन्सिर्,बिरगंज |आज बिरगंजमा पर्यटन सुरक्षा तथा प्रवर्द्धनमा पर्यटक प्रहरी व्यवसायी एवम स्थानीय नागरिकको भूमिका अन्तरक्रिया कार्यक्रम भएको छ |
कार्यक्रममा पर्सा जिल्ला एवं मदेश प्रदेश होटेल व्यवसायी,पर्यटक तथा पर्यटन सुरक्षा तथा प्रवर्द्धनमा प्रहरि,व्यवसायी र नागरिकको भूमिका बारे अन्तरक्रिया कार्यक्रम भएको छ | सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरुको जवाफ बिभिन्न बक्ताहरुले आफ्नो कार्यक्षेत्र सन्मबन्धि बारे आ-आफ्नो मन्तब्य राख्दै जवाफ दिनु भयो |

त्यस्तै समाजसेवी एवं जनमत पार्टी जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले कार्यक्रममा अन्य देशको जस्तै भारतीय पर्यटकहरु लाई सम्मान सबैले गर्नु पर्यो भनि बताउनु भयो |आफ्नो मन्तव्यमा बिरगंज उधोग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले भारतीय पर्यटक सवारि साधनको भन्सार बिधुतिय(औन् लाईन पे)बाट हुनु पर्यो भनि सहज हुन्छ भनि बताउनु भयो |

त्यस्तै होटेल तथा पर्यटन ब्यवसायी संघ पर्साका जिल्ला अध्यक्ष हरि पन्तले प्रहरी प्रशासन वा समबन्धित निकायले होटेल तथा पर्यटन ब्यवसायीहरुलाई सम्मान व्यवहार गर्नु पर्यो भनि जोड दिनु भयो |पर्यटन समबन्धि बार्षिक जति बजेट निकाशा भए पानि कागजमा सिमित रहन्छ तर देखा पर्ने कार्य नभएको हुन्छ उनले मन्तब्यमा राखे |
कार्याक्रममा पर्यटक प्रहरी कार्यालय भृकुटी काठमाडौंका प्रहरी नायब उपरीक्षक रिपिन्द्र सिंहले स्वागत मन्तब्य गर्नु भएको थियो |

उक्त कार्याक्रममा प्रमुख अथिति मदेश प्रदेश उधोग बाणिज्य तथा पर्यटन मन्त्रि सकिल अलि मिया,विषेस अथिति मदेश प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरिक्षक(डी.आई.जी.)लालमणि आचार्य,अथितिहरु ठोरी गाउपालिका अध्यक्ष लाल श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल,जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट,पर्सा रास्ट्रिय निकुन्ज कार्यालय प्रमुख राम चन्द्र खातिउडा,पर्सा होटेल ब्यवसायीहरु तथा अन्य ब्यक्तिहरुको उपस्थिति रहेका थिए | 



