Lucky-Khabar_

ग्यासले भरिएको ट्याङ्कर विष्फोट हुँदा भारतको जयपुरमा भीषण आगलागी

५पुष्,दिल्ली|भारतको राजस्थान राज्य स्थित जयपुर–अजमेर राजमार्ग क्षेत्रमा ग्यासले भरिएको ट्याङ्कर विष्फोट हुँदा भीषण आगलागी भएको हो। शुक्रबार बिहान करिब ६ बजे भएको घटनामा आठ जनाको मृत्यु भएको छ ।

content ad p2

भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार आगलागीमा परी ३५ जना घाइते भएको छन् । अस्पतालमा भर्ना भएकामध्ये ५० प्रतिशतको अवस्था गम्भीर छ
भने मृत्यु हुनेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ ।

जानकारीका अनुसार ट्रकसँग ठोक्किएपछि ट्याङ्कर विष्फोट भएको थियो । ट्यांकर विस्फोट भएपछि ३० भन्दा बढी गाडीमा आगलागी भएको थियो ।
आगो निभाउन ३ दर्जन एम्बुलेन्स र दमकल प्रयोग गरिएको थियो र जयपुर–अजमेर राजमार्ग बन्द गरिएको थियो |

सम्बन्धित खबर

अस्ट्रेलियामा रहेका इन्जिनियर आर्यन सुरज राउतलाई KICCI international द्वारा सम्मानित

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर