Lucky-Khabar_

एआईजी बज्राचार्य अवकाशमा पछी २ एआईजी रिक्त

१६पुष,काठमाडाैं-   एआईजी दर्जाको नेपाल प्रहरीमा थप १ दरबन्दी रिक्त भएको छ  ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख किरण बज्राचार्य ५६ वर्षे उमेर हदका कारण अवकाश भएसँगै रिक्त संख्या २ पुग्न लागेको हो । त्याे सँगै एआईजीमा २  दरबन्दी खाली हुनेछ ।

यहि  पुस ४ गते एआईजीको दर्ज्यानी चिह्न लगायका भरतबहादुर बोहरा उमेर हदकै कारण ११ गतेदेखि अवकाशमा गइसकेका छन् । २  एआईजी रिक्त भएपछि उक्त दर्जामा बढुवाका लागि मुख्यतः तीन प्रतिस्पर्धी छन् । चैत ४ गते रातिबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने वर्तमान आईजीपीका तीन ब्याचीबीच बढुवाको प्रतिस्पर्धा चलेको हो । एआईजी बढुवाका लागि डीआईजी कुवेर कडायत, रवीन्द्र केसी, जनक भट्टराई बढुवाको दाबेदार छन् ।

बढुवा दाबेदारहरु मध्ये कडायत, केसी, भट्टराई आउँदो ५ चैतमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् ।

 

content ad p2

सम्बन्धित खबर

‘Police Baton २०८३’ अन्तर्गत वीरगञ्ज प्रदेश प्रहरी कार्यालयको अनुगमन

लक्की खबर

भदौमा पर्सामा १५४ अपराधका घटना दर्ता, १३८ प्रतिवादी पक्राउ

लक्की खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर