Lucky-Khabar_

विश्वभर शरणार्थीको सङ्ख्या २०२४ मा १२ करोड २० लाख भन्दा बढी

१६ पुष, काठमाडौँ । संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्त (यूएनएचसीआर) का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख लाख भन्दा  नाघेको छ ।

content ad p2

यूएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले विश्वव्यापी शरणार्थी जनसङ्ख्या ११ करोड ७४ लाख भएको अनुमान गरे पनि सङ्ख्यामा वृद्धि भएको पाइएको हो । मुख्यतया सुडानमा गृहयुद्धको कारण शरणार्थीको सङ्ख्या बढेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२३ अप्रिलमा हिंसा बढेपछि एक करोड १८ लाख भन्दा धेरै मानिस सुडानबाट भाग्न बाध्य भएका छन् । प्रजातान्त्रिक गणतन्त्र कङ्गो तथा म्यानमारको अवस्थाले पनि शरणार्थी सङ्ख्या वृद्धिमा योगदान पु¥याएको छ ।

यस्तै गाजा र लेबनानमा द्वन्द्वको परिणामस्वरूप १७ लाख भन्दा बढी मानिसहरू जबरजस्ती रुपमा विस्थापित भएका छन् ।

जर्मनीमा यूएनएचसीआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ–बाउरले शरणार्थीको तथ्याङ्कहरूलाई चिन्ताजनक रूपमा व्याख्या गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर