Lucky-Khabar_

आर्थिक कानुन सुधारका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले अर्थमन्त्रीलाई सुझाव पत्र बुझायो

२४ पुष,वीरगञ्ज । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भन्सार, कर, आर्थिक कानुन सुधार र आर्थिक क्षेत्रलाई चलायमान लागि बनाउनका वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले  सुझाव पत्र बुझाएका छन् ।

बुधवार भएको भेटघाटमा सङ्घका अध्यक्ष अग्रवालले सङ्घको तर्फबाट लिखित सुझाव प्रस्तुत गरेका थिए ।

अध्यक्ष अग्रवालद्वारा प्रस्तुत सुझावलाई अर्थमन्त्री पौडेलले सकारात्मक रूपमा लिँदै अत्यन्त सान्दर्भिक रहेको बताए। उनले अर्थ र राजस्व सचिवलाई सुझावलाई नीतिगत छलफलमा समावेश गर्न निर्देशन दिएका छन् ।

अर्थमन्त्री पौडेलसँगको छलफलमा सङ्घीय सांसद प्रभु हजरा, निर्मला देवकोटा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपाल, र नेकपा एमाले पर्साका सचिव महेश दास समेत सहभागी भएका थिए ।

सङ्घले भन्सार तथा कर प्रणालीलाई सुधार गर्दै उद्योग र व्यापार क्षेत्रको समस्या समाधान गर्ने र आर्थिक गतिविधिलाई थप गतिशील बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

साथै  यस प्रकारका सुझाव र पहलले देशको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

content ad p2

सम्बन्धित खबर

सुनको मूल्यमा २८ सय रुपैयाँको गिरावट, प्रतितोला २ लाख ८५ हजार २ सय

लक्की खबर

एक वर्षका लागि १५ अर्बको ऋणपत्र नेपाल राष्ट्र बैंकले जारी गर्दै

लक्की खबर

पेट्रोलियम पदार्थको मूल्य घटयो, ग्यास र हवाई इन्धन पनि सस्तो

लक्की खबर