Lucky-Khabar_

लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई सहकारी ठगी प्रकरणमा १० लाख धरौटीमा छाड्न आदेश

२४ पुष,विराटनगर । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई  सहकारी ठगी प्रकरणमा १० लाख  धरौटीमा अदालतले  छाड्न आदेश दिएको छ |

content ad p2

मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार; न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई पुर्पक्षका लागि १० लाख रुपैयाँ धरौटी लिने आदेश दिएको हो । अदालतले अञ्जलालाई थुनामा राख्ने कारण नदेखिएको जनाउँदै धरौटीमा रिहा गर्ने आदेश दिएको बुढाथोकीले जानकारी दिए ।

पोखरेल पत्नी अञ्जला कोइरालामाथि सहकारी ठगी मुद्दामा थुनछेक बहस डेढ घण्टा बढी चलेको थियो। अञ्जला बुधबार बिहान आफैँ हाजिर हुन अदालत पुगेकी थिइन् ।

मोरङ धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएकी कोइरालाको बयानपछि सरकारी वकिल र अञ्जला पक्षका कानुन व्यवसायीले बहस गरेका थिए ।

मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासमा अभियोग पत्रमा उल्लेख भएका केही विषयलाई सरकारी वकिललाई न्यायाधीशले प्रस्ट्याउन भनेका थिए ।

सरकारी पक्षले २०७२/०७३ देखि अञ्जला सञ्चालक समितिमा रहेकोले उनीसहित सबै अभियुक्तको दायित्व हुने जवाफ दिएका थिए । पछिल्ला दिनमा सहकारीहरू धराशायी भएको पनि सरकारी वकिलको तर्फबाट स्पष्ट पार्ने प्रयास भएको थियो ।

२२ करोड २८ लाख २७ हजार ७०० रुपैयाँ रकम खाने पचाउने गरी अपचलन भएको दाबी अभियोगपत्रमा गरिएको छ। भगीरथ खनाल एन्ड एसोसिएट्सको लेखापरीक्षण प्रतिवेदनमा कुनै पनि ठाउँमा अञ्जलाले रकम अपचलन गरेको भन्ने नदेखिएको, २० जनाको जाहेरीमा कहीँ कतै पनि अञ्जलाको विरुद्धमा किटानी नभएको तथा १९ जनाले गरेको कागजमा समेत नदेखिएकोले सहकारीको रकम हिनामिना तथा अपचलनमा अञ्जलाको कुनै संलग्नता नरहेको दाबी उनका कानुन व्यवसायीले गरेका थिए।

अञ्जलाको तर्फबाट ९ जना वरिष्ठ अधिवक्तासहित ११ जनाले बहस गरेका छन् । उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रङ्गेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ।

 

 

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर