Lucky-Khabar_

पुलिस क्लबले मधेसमाथि पुलिसको ४५ रनको अग्रता:जय ट्रफी

२४ पुष, वीरगन्ज | नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप क्रिकेटको आफ्नो दोस्रो खेलको पहिलो दिनमा मधेस प्रदेशविरुद्ध ४५ रनको अग्रता लिएको छ।

content ad p2

बुधबारदेखि वीरगन्जको नारायणी क्रिकेट मैदानमा सुरु दोस्रो खेलको पहिलो दिनमा मधेसविरुद्ध पुलिसले ४५ रनको अग्रता बनाएको हो। २ दिवसीय फर्म्याटको खेलमा बुधबार पुलिसले ४० ओभर खेल्दै ३ विकेटको क्षतिमा १७४ रन बनाएको हो।

उसका लागि कुशल भुर्तेलले ६८ बलमा १० चौका प्रहार गर्दै सर्वाधिक ६३ रन जोडे। त्यस्तै दिलिपनाथले ४० र अमित श्रेष्ठले ३४ रन बनाए। बलिङतर्फ मधेसका हरिशंकर साहले २ र अभिषेक तिवारीले १ विकेट लिए।

त्यसअघि आफ्नो इनिङ्समा मधेसले ४२.४ ओभरमा अलआउट हुँदै १२९ रनमात्र बनाएको थियो। उसका लागि मयन यादवले ५९ रन बनाए। मयनले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध शतक हानेका थिए। बुधबार मधेसका लागि निरज यादवले २९ र अभिषेक तिवारीले १७ रन जोडे।

बलिङतर्फ पुलिसका गुलशन झा एक्लैले ५ विकेट लिए भने कुशल भुर्तेलले २ तथा श्रवण यादव र ललित राजवंशीले समान एक-एक विकेट लिए।

यसअघि गत सोमबार सकिएको पहिलो खेलमा मधेसले बागमतीसँग र पुलिसले आर्मी क्लबसँग बराबरी खेलेका थिए।
रेड बल र ह्वाइट जर्सीको प्रयोग भइरहेको दुई दिवसीय जय ट्रफी एलिट कपमा गत वर्ष सम्पन्न प्रधानमन्त्री कपमा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन्।

वीरगन्ज र जनकपुरमा भइरहेको प्रतियोगिता माघ ३ गतेसम्म चल्नेछ। सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल ३ दिवसीय हुने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर