२ माघ,काठमाडौं । काठमाडौंको काँडाघारीबाट प्रहरीले ४६२ किलो रक्तचन्दन २ जना सहितलाई पक्राउ गरेको छ। आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको हो। रक्तचन्दनसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं–१४ का रमेश थापा र सिन्धुपाल्चोकको बलेपी–८ का ज्ञानबहादुर तिमिल्सिना रहेका प्रहरी स्रोत अनुसार जानकारी भएको छ|


