Lucky-Khabar_

४ जना भारतीय चिनियाँ नागरिकको अपहरण कसुरमा पक्राउ

२ माघ, काठमाडौं ।प्रहरीले ४  जना भारतीय नागरिकलाई चिनियाँ नागरिकको अपहरण कसुरमा पक्राउ गरि    काठमाडौं लगिएको छ । काठमाडौंको ठमेलबाट १  चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको भीमफेदीबाट नियन्त्रणमा लिइएका उनीहरुलाई राति नै काठमाडौं लगिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एस.एस.पी. सानुराम भट्टराईले जानकारी दिए ।
content ad p2

पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेशका ३३ वर्षीय आशुतोफ दत्रेय, ३० वर्षीय अमोल खरमते, ४० वर्षीय असरफ युनुस शेख र ३० वर्षीय अम्बास श्रीसत छन् । उद्धार गरिएका चिनियाँ नागरिकलाई भने जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाइसकिएको छ । उद्दार गरिएको व्यक्तिलाई जिल्ला प्रहरी परिसरबाट थप सोधपुछ हुन्छ । पक्राउ परेकाहरुको सन्दर्भमा प्रारम्भिक जाँच र डकुमेन्टसन गरेर बुझाउने एसपी भट्टराईले बताए ।

मंगलबार ठमेलबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरिएको भन्दै खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । हराएको भनेको स्थानको सीसी टीभी हेर्दा भारतीय नागरिकहरुले उनलाई गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि नाकाहरुमा जाँच थालिएको थियो ।

प्रारम्भिक जाँचका क्रममा लेनदेनको विवादमा अपहरणमा गरेर भारततर्फ लैजान खोजिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । जाँचका क्रममा थप तथ्यहरु खुले चिनियाँ नागरिकमाथि समेत अनुसन्धान गर्नु पर्ने हुनसक्ने अधिकृतहरुले जनाएका छन् ।


सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर