Lucky-Khabar_

पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण ६० लाख रुपैयाँ धरौटीमा रिहाको आदेश

२ माघ,काठमाडौं ।पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण ६० लाख रुपैयाँ धरौटीमा रिहाको काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

content ad p2

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए। त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी शुक्रबार हाजिर हुन भने सकेका थिएनन्।

आइतबारदेखि अदालतमा हाजिर भएका लामिछाने काठमाडौंमा विगत तीन दिनदेखि हिरासतमा रहँदै आएका लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश भएको हो।

कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइएको थियो।

जिल्ला प्रहरी परिसर  काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि सरकारी वकिल कार्याले उनीविरूद्ध मुद्दा दर्ता गरेको हो।

 

 

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर